सिन्धुलीको गोलञ्जोरमा जुवा तास खेल्दै गरेका २४ जना पक्राउ
रामेछाप । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–३ ग्वालटारमा जुवा तास खेल्दै गरेका २४ जना व्यक्ति पक्राउ परेका छन्।
प्रहरीका अनुसार सोमबार बिहान करिब ४ बजे कल्याण कार्कीले आफ्नै घरको तेस्रो तलामा जुवा तास खेलाएको भन्ने विशेष सूचनाका आधारमा प्रहरी टोलीले छापा मारेको थियो। सो क्रममा २४ जना व्यक्तिलाई तास खेलिरहेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीले उनीहरूबाट तासका पत्तासहित नगद रु. ३ लाख ८९ हजार १ सय ६१ बरामद गरेको जनाएको छ।
पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश अधिकारीले जानकारी दिए। जुवातास खेल्ने कार्य कानुनी अपराध भएकाले सबै पक्राउ परेकामाथि आवश्यक कानुनी कारबाही प्रक्रिया अगाडि बढाइने उनले बताए।
उनका अनुसार जुवा, तास, सट्टेबाजी लगायतका गैरकानुनी क्रियाकलाप नियन्त्रणका लागि प्रहरीले जिल्लाभर निगरानी र विशेष अभियान सञ्चालन गरिरहेको छ। दशैँ, तिहारको बेला गाउँमा पैसामा जुवा तास खेल्ने भएकोले प्रहरीले निगरानी बढाएको छ।







डिसी नेपाल







Facebook Comment