फूलखेतीबाट मनग्य आम्दानी गर्दै सीताराम

डिसी नेपाल
३ कार्तिक २०८२ १४:४८
8
Shares

घोडाघोडी (कैलाली)। कैलालीको टिकापुर नगरपालिका१ वनगाउँका सीताराम चौधरीको जीवन अहिले फूलले रङ्गीन बनेको छ। आठ वर्षअघि सुरु गरेको सानो प्रयास आज उहाँका लागि मात्र होइन गाउँकै लागि प्रेरणाको स्रोत बनेको छ।

विसं २०७४ देखि फूलखेती सुरु गर्नुभएका सीतारामको बारीभरि अहिले सयपत्री र मखमली फूलहरु ढकमक्क फुलेका छन्। उनी भन्छन्, ‘एक लाख लागतमा फूलखेती सुरु गरेको थिए। पहिलो वर्ष त नतिजा कस्तो आउला भनेर डर लागेको थियो। तर विस्तारै सिक्दै गएँ र अनुभवसँगै आत्मविश्वास बढ्दै गयो। अब यो मेरो पहिचान नै बनेको छ।’

फूलखेतीले सीतारामलाई केवल आम्दानी मात्र दिएको छैन, जिल्लामा फूल व्यवसायीको रूपमा स्थापित समेत बनाएको छ। अहिले सीताराम पुष्प व्यवसाय प्रशिक्षकको रूपमा स्थापित हुनुहुन्छ। तिहारमा विशेष गरी मखमली र सयपत्रीको माग बढी हुने भएकाले बढीजसो यी फूल उत्पादन हुन्छन्।

‘फूल बिक्री गर्न समस्या छैन, बरु माग धान्न सकिएको छैन, तिहारका लागि फुलको माला बेच्न सुरु गरिसकेको बताउदै सीतारामले भने, प्रतिमाला रु १३० र प्रतिकिलो रु ६०० को दरले बिक्री गरिरहेका छाँै।

सयपत्री र मखमली फुलबाट एउटा याममा रु ४ लाख बढी आम्दानी हुने गरेको उनले बताए। एउटा बोटबाट चारवटासम्म माला बनाउन सकिन्छ। आवश्यकता अनुसार फूल उपलब्ध गराउने सीतारामले फूल खेतीबाट मनग्य आम्दानी हुन थालेपछि व्यवसाय बढाउँदै लगेका छन्।

उनी भन्छन्, धान, गहुँ र तोरी खेती पनि गरेको छु, तर फूलखेतीबाट सोचे जस्तै आम्दानी भइरहेको छ।

दश कट्ठा जमिनबाट व्यवसाय सुरु गर्नु भएका सीतारामले अहिले एक बिघा पाँच कट्ठामा फूलखेती गर्दै आएका छन्। सजावटमा प्रयोग हुने कट फ्लावर ( तारबारे, गुलाफ, जोखेडा र गोदावरी) पनि उनले लगाएका छन्।

फूल उत्पादनदेखि प्याकिङसम्मको तालिम लिनुभएका सीतारामले फूलखेती सँगसँगै माला, बुकी बनाउने, विवाहको गाडी सजाउने, मञ्च सजाउने कार्यका साथै अरूलाई तालिम दिने समेत गर्छन्। उनको अनुभवमा प्राकृतिक फूल स्थानीय स्तरमै पाउन थालेपछि अहिले कृत्रिम फूलको प्रयोग घट्दै गइरहेको छ।

फूल लगाउने, गोडमेल गर्ने तथा टिप्नेदेखि माला उन्ने कार्यमा स्थानीयलाई रोजगार समेत दिने गरेको सीतारामले बताए। कैलाली जिल्लाबाहेक बर्दिया, बाँकेलगायतका जिल्लामा समेत उहाँको ‘इन्द्रेणी पुष्पखेती फार्म’बाट फूल बिक्री हुने गरेको छ। सुरुआतमा गाउँलेको प्रतिक्रियाले उनीलाई हतोत्साहित गरेको थियो। धेरैले सीतारामलाई ‘फूल बेचेर के कमाइ हुन्छ र’ भन्ने गर्दथे। तर, समयसँगै उको प्रयासको मूल्य सबैले देखे।

अब धेरैले मलाई पछ्याइरहेका छन् मेरो खेती हेरेर अन्य किसानले पनि फूलखेती सुरु गरेका छन्, सीताराम भन्छन्।को लक्ष्य अब फूलखेतीलाई अझ व्यावसायिक रूप दिनु हो तिहारपछि पुष्प व्यवसायी सङ्घ गठन गर्ने योजनामा उनी छन्। अब त यो पेसा केवल आम्दानीका लागि होइन, मेरो पहिचान बनिसकेको छ टीकापुरमा फूल भन्ने बित्तिक्कै जोकोहीले पनि मलाई सम्झन्छन्, उले भने, फूलखेतीले मेरो जीवनलाई रङ्गीन मात्रै बनाएको छैन आर्थिक रुपमा बलियो समेत बनाएको छ




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.