कञ्चनपुरको सामुदायिक वनमा वृद्ध मृत फेला

डिसी नेपाल
३ कार्तिक २०८२ १५:२५
16
Shares

कञ्चनपुर । बेलौरी नगरपालिका५, बन्तरियास्थित पुष्पलाल सामुदायिक वनमा ६५ वर्षीय श्रीप्रसाद आचार्य मृत अवस्थामा फेला परेका छन्।

सोमबार बिहान बेलौरीबाट कलुवापुरतर्फ जाने पक्की सडकखण्डमा स्थानीयवासीले बेवारिसे अवस्थामा साइकल फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए।

इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीको टोलीले खोजतलास गर्दा सडकदेखि करिब २०० मिटर टाढा पुष्पलाल स्मृति सामुदायिक वनभित्र आचार्यको शव फेला पारेको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार, प्रारम्भिक अनुसन्धानका क्रममा शवको अवस्था हेर्दा हात्तीको आक्रमणबाट मृत्यु भएको जस्तो देखिएको छ। शवको सनाखतपछि मृतक कञ्चनपुर जिल्ला बेलौरी नगरपालिका३, बुटाबारी निवासी रहेको खुल्न अएको छ। मृतकका छोरा निर्मल आचार्यले शवको पहिचान गरेका हुन्। घटनास्थलमा प्रहरी टोलीले आवश्यक मुचुल्का उठाइ शवलाई परीक्षणका लागि पठाएको छ। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.