जेनजी आन्दोलनमा प्रश्नउत्तर जलेका सीटीईभीटीका विद्यार्थीको पुन:परीक्षा गराइने

डिसी नेपाल
३ कार्तिक २०८२ १६:४६
28
Shares

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले जेनजी आन्दोलनमा प्रश्नउत्तरको कपि जलेको सीटीईभीटीको विद्यार्थीहरूको पुन:परीक्षा गराउने बताएका छन्।

सोमबार केशर महलमा पत्रकार सम्मेलन गर्दै उनले पुन:परीक्षाको निर्णय गराउन धेरै समस्या परेको भन्दै त्यसको लागि झण्डै १ करोड ७५ लाख रुपैयाँ जतिको खर्च पनि आउने बताए।

उनले भने, ‘मन्त्री भएपछि मैले गरेको काम भनेको सीटीईभीटी सम्बन्धीको काम हो। सबैभन्दा पहिला अस्तीको जेनजी आन्दोलनमा सीटीईभीटीको जुन विद्यार्थीको छन्। उनीहरूको प्रश्नउत्तरको कपि जलेको हुनाले जस जसको कापि जलेको छ। ती विद्यार्थीको पुन:परीक्षा लिने भन्ने कुरामा धेरै लामो कुराकानी भएको थियो। त्यो परीक्षा सहज तरिकाले लिने कुरा भएको छ। परीक्षा फेरि लिने भन्ने निर्णय गर्नको लागि नै निकै मेहेनत गर्नुपर्‍यो। कपि जलेकाहरूको फेरि परिक्षा लिदाँ झण्डै झण्डै १ करोड ७५ लाख रुपैयाँ जतिको खर्च आउने भएको छ।’

यस्तै, उनले सीटीईभीटी सम्बन्धी काम रोकिएको कारण २०६९ सालदेखि अहिलेसम्म करिब ४४२ वटा जति निवेदनहरु परेको भन्दै त्यो निवेदनहरुलाई २ महिनाभित्र छानबिन गरेर टुङ्गाउने पनि बताए।

उनले भने, ‘सीटीईभीटी सम्बन्धी काम रोकिएको रहेछ त्यसकारण २०६९ सालदेखि अहिलेसम्म करिब ४४२ वटा जति निवेदनहरु परेको र त्यो अगाडि पनि नबढेको अवस्था रहेछ र त्यो निवेदनहरुलाई २ महिनाभित्र छानबिन गरेर पाउने जतिले पाउने नपाउनेले नपाउने गरेर टुङ्गाउने भन्ने कुरा पनि भएको छ।’

वर्तमान समयमा कम्प्युटरको ज्ञान नहुने मान्छेलाई काम गर्न समस्या हुने भन्दै त्यही कारण मध्यामिक तहसम्म १०० पूर्णाअंकको कम्प्युटर विषय थप्ने कुरा भएको पनि उनको भनाई छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *