महाकवि देवकोटाको व्यक्तित्व र कृवित्वको समीक्षा

डिसी नेपाल
३ कार्तिक २०८२ २२:०२
12
Shares

काठमाडौं। नेपाली साहित्यका विराट व्यक्तित्व महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७ औँ जन्मजयन्तीको अवसरमा उनको व्यक्तित्व र कृवित्वबारे समीक्षा गरिएको छ।

रत्न पुस्तकालयद्वारा आज यहाँ आयोजित स्मृतिसभामा नेपाली साहित्यमा महाकवि देवकोटाको योगदान र उनको व्यक्तित्वबारे समीक्षा भयो।

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति एवं समालोचक डा बासुदेव त्रिपाठीले तुरुन्त कविता लेख्नसक्ने आशुकविको क्षमता भएका देवकोटाको साहित्य सृजना क्षमताले उनी नेपालको मात्रै नभई अन्तरराष्ट्रिय क्षेत्रमा समेत ख्याती प्राप्त साहित्यकार भएको बताए। विभिन्न साहित्यिक कार्यक्रममा महाकविसँग भएको भेटघाटको स्मरण गर्दै उनले महाकविका कृतिमा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइने उल्लेख गरे।

प्रा दिपक जङ्गमले नेपाली साहित्यमा विशिष्ट स्थान बनाएका देवकोटा बहुप्रतिभाशाली व्यक्तित्व रहेको बताउँदै नेपाली भाषाका कृतिलाई अन्तरराष्ट्रिय तहमा पु¥याउन विभिन्न सम्मेलनमार्फत महत्त्वपूर्ण योगदान दिएको बताए।

देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन्। नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित सबैभन्दा बढी चर्चामा छ।

नेपाली साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्कन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *