तरुण दलले ७३ औँ स्थापना दिवस मनाउँदै
काठमाडौं। नेपाली काङ्ग्रेसको भातृसंगठन नेपाल तरुण दलको ७३ औँ स्थापना दिवस २०८२ कार्तिक १० गते मनाइने भएको छ।
आज तरुण दलको अध्यक्ष विद्वान गुरुङले उपत्यकाको तिन जिल्ला बाहेक बाकी सबै जिल्लाले जिल्लामै तरुण दलको ७३ औँ स्थापना दिवसमा शुभकामना आदान प्रदान एवं चियापान कार्यक्रम गरि मनाउन परिपत्र गरेका छन।
उपत्यकाको तीन जिल्ला कार्यसमितिले तरुण दल केन्द्रीय समितिको आयोजनामा नेपाली काङ्ग्रेस पार्टी कार्यालय सानेपामा गर्ने कार्यक्रममा सहभागी हुने अध्यक्ष गुरुङले बताए।
तरुण दलले यसपाली केन्द्र र जिल्ला भरी फरक शैलि अपनाएर आफ्नो स्थापना दिवस मनाउदैछ। कार्यक्रमलाई केन्द्रीय अध्यक्षले स्वागत सम्बोधन गरे पनि कार्यक्रममा फुल मालाले स्वागत एवं लामो तरिकाको भाषण नहुने अध्यक्ष गुरुङले बताए।
कार्यक्रममा पार्टी कार्यवाहक सभापती पुर्ण बहादुर खड्का, पदाधिकारी एवं केन्द्रीय सदस्यज्युहरु लगायत संघीय सांसद एवं राष्ट्रिय सभा सदस्य, प्रदेश कार्यसमिती , पार्टी प्रदेश, गाउँ-नगर पालिका प्रमुख, उपप्रमुख, निर्वाचित जनप्रतिनिधि, दलको केन्द्रीय सदस्यहरुको उपस्थिती रहने दलको मुख्य सचिव ठान प्रसाद पोखरेलले जानकारी दिए।
अन्य राजनितिक दलको भातृ सङठनको प्रमुखहरुलाई केन्द्रीय कार्यालयमा हुने कार्यक्रममा निमन्त्रणा गरिने र जिल्लाले पनि त्यही अनुसार गर्ने कुरा मुख्य सचिब ठानप्रसाद पोखरेलले बताएका छन्।







डिसी नेपाल







Facebook Comment