दोधारा चाँदनीमा एक लाख मूल्य बराबरका पटाका बरामद गरी नष्ट

डिसी नेपाल
४ कार्तिक २०८२ १९:५४
24
Shares

कञ्चनपुर। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–७ बाबाथान बजार क्षेत्रमा प्रहरीले रु एक लाख मूल्य बराबरका अवैध पटाका बरामद गरी आज नष्ट गरेको छ।

इलाका प्रहरी कार्यालय दोधारा चाँदनीको टोलीले गोप्य सूचनाको आधारमा बाबाथान बजारको सडक छेउमा तीनवटा बोरामा बेवारिसे अवस्थामा राखिएका विभिन्न किसिमका पटाका फेला पारेको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उरीक्षक सागर बोहराका अनुसार बरामद पटाकाहरू निणन्त्रणमा लिएर जनप्रतिनिधि र सञ्चारकर्मीको उपस्थितिमा नष्ट गरिएको छ।

चाडपर्वका समयमा अवैध रूपमा पटाका बिक्री वितरण र प्रयोगले जनधनको क्षति हुने जोखिम हुने भएकाले प्रहरी प्रशासनले सर्वसाधारणलाई यस्ता कार्य नगर्न आग्रह गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.