निर्वाचन सफल बनाउनुको विकल्प छैनः नेता पुन
भक्तपुर। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता वर्षमान पुनले देशलाई संवैधानिक रुपमा अगाडि बढाउन आगामी फागनु २१ गतेका लागि तय भएको निर्वाचन सफल बनाउनुको विकल्प नभएको बताएका छन्।
आज नेवाः राष्ट्रिय मुक्ति मोर्चा, भक्तपुरले यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान एवं चियापानमा उनले सबै राजनीतिक दलहरुले आगामी निर्वाचन सफल पार्न सहयोग गर्नुपर्ने बताएका हुन्।
निर्वाचनबाट माओवादी पछाडि नहट्ने भन्दै उनले आगामी निर्वाचन सफल पार्न माओवादीले सरकारलाई सहयोग गर्ने बताए। नेपाली कांग्रेस, नेकपा (एमाले)लगायत अन्य दलले पनि निर्वाचन सफल पार्न सहयोग गर्नुपर्ने उनले धारणा राखे।
सरकारले चुनावको वातावरण बनाउन दलहरुसँग छलफल सुरु गर्नु सकारात्मक भएको बताउदै नेता पुनले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको माग सकारात्मक भएपनि घुसपैठका कारण ठूलो नोक्सान भएको बताए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment