मौलिकताको रक्षा गर्दै राष्ट्रिय एकतालाई बलियो बनाउनुपर्छ : अध्यक्ष ओली

डिसी नेपाल
५ कार्तिक २०८२ ८:४८
16
Shares

काठमाडौं। नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रमाथि चुनौती खडा गरिएको भन्दै सामना गर्नुपर्ने बताएका छन्।

बुधबार नेपाल संवत्को शुभकामना दिँदै ओलीले राष्ट्रिय स्वाधीनता र राष्ट्रको हितमा एकताबद्ध नेपाली नै हाम्रो शक्ति भएको बताएका छन्।

ओलीले विविधतालाई भिन्नतामा होइन, सार्थक एकतामा बदल्दै सद्भावको सुगन्ध फैलाउनुपर्नेमा जोड दिएका छन्।

‘आज नेपाल संवत् ११४६ को पहिलो दिन, अर्थात् नयाँ वर्षारम्भ। हाम्रो सांस्कृतिक विविधता र मौलिकताको रक्षा गरेर हामीले राष्ट्रिय एकतालाई बलियो बनाउनुपर्छ’, अध्यक्ष ओलीले भनेका छन्, ‘राष्ट्रिय स्वाधीनता र राष्ट्रको हितमा एकताबद्ध नेपाली- हाम्रो शक्ति हो। राष्ट्रमाथि खडा गरिएको चुनौतीलाई सामना गरौं। सबैलाई सुख, शान्ति, समृद्धि र प्रगतिको कामना, नेपाल संवत् ११४६ को हार्दिक शुभकामना !’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *