जोरपाटी चोकमा ट्राफिक लाइट जडान

डिसी नेपाल
५ कार्तिक २०८२ १६:१३
36
Shares

काठमाडौं । जोरपाटीसहित आसपासका क्षेत्रमा सडक दुर्घटना न्यूनीकरण तथा सहरी ट्राफिक व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले ट्राफिक लाइट जडान गरिएको छ। गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा जोरपाटी चोकमा ट्राफिक लाइट जडान गरिएको हो।

आज यहाँ आयोजित एक कार्यक्रमका बीच काठमाडौं उपत्यका प्रहरी प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीले उक्त ट्राफिक लाइटको उद्घाटन गरे। उनले अहिलेको समयमा पनि ट्राफिक प्रहरीले सडकमा हात हल्लाएर सवारी व्यवस्थापन गर्नु परिरहेको उल्लेख गर्दै नयाँ प्रविधिको प्रयोगले ट्राफिक व्यवस्थापन सहज र प्रभावकारी हुने विश्वास व्यक्त गरे।

उनले भने, एकाइसौँ शताब्दीमा हामी अझै पनि परम्परागत ढङ्गबाट सवारी व्यवस्थापन गरिरहेका छौँ। ट्राफिक लाइटको प्रयोगले व्यवस्थापनमा गुणात्मक सुधार ल्याउनेछ। सवारी दुर्घटना घटाउन, सहरी ट्राफिकलाई वैज्ञानिक ढङ्गले व्यवस्थापन गर्न यस्ता प्रविधि अपरिहार्य छन्।

प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले समाजमा शान्तिसुरक्षामा खलल पुर्‍याउने, अपराधिक क्रियाकलापमा संलग्न व्यक्तिहरूलाई कुनै पनि हालतमा नछाडिने स्पष्ट पारे। उले पछिल्लो समय ‘जेनजी’ प्रदर्शनका क्रममा प्रहरी संरचनामा भएको क्षति तथा प्रहरीको हतियार लुटिएको विषय गम्भीर अपराध भएको बताउँदै दोषीलाई कानूनी दायरामा ल्याउने प्रक्रिया तीव्र रूपमा अघि बढिरहेको जानकारी दि

हामी अनुरोध गर्छौँ, लुटिएका हतियार प्रहरीलाई फिर्ता गर्नुहोस्। सुध्रिन मौका छ, तर अपराधमा संलग्न जोसुकै होस्, कानूनी कारबाहीबाट उन्मुक्ति हुँदैन, प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले भने

उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले सडकमा अराजक तरिकाले सवारीसाधन चलाउने, मोडिफाई गरिएका मोटरसाइकलले पटपट र चर्को आवाज निकालेर अशान्ति फैलाउने, ट्राफिक नियमको उल्लङ्घन गर्नेलगायत व्यक्तिलाई समाजमा शान्तिसुरक्षामा खलल पुर्‍याएको कसुरमा नियन्त्रणमा लिई कारबाही गरिने बता

ले भने, अब ट्राफिक नियम उल्लङ्घनलाई सामान्य लापरबाही होइन, शान्तिसुरक्षामा खलल पुर्‍याउने कार्य मानिनेछ। ट्राफिक प्रहरीको आग्रहलाई बेवास्ता गर्दै अटेरी गरेर समाजमा अशान्ति मच्चाउँदै हिड्ने चालकलाई शान्तिसुरक्षा खलल पारेको कसुरमा कारबाही गरिने छ।

गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसालले नगरको तर्फबाट ट्राफिक व्यवस्थापनमा यथासम्भव सहयोग गर्ने प्रतिबद्धता जना। उले भने, समाजमा विकृति र अशान्ति मच्चाउने जोकोहीलाई कानूनी दायरामा ल्याउनु आजको आवश्यकता हो। प्रहरीका हतियार लुट्ने जस्ता गम्भीर अपराध गर्नेलाई माफ गर्नु हुँदैन। यस्ता व्यक्ति अपराधिक मानसिकताका हुन् र तिनीहरूलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ।

नगरप्रमुख रिसालले ट्राफिक तथा नेपाल प्रहरीलाई आवश्यक पर्ने सहयोग र स्रोत उपलब्ध गराउन नगर तयार रहेको स्पष्ट पारे। उले आज ट्राफिक लाइट जडान गरिनुले नागरिकलाई आवागमनमा सुविधा पुग्ने बताउँदै आगामी दिनमा यस्ता कार्यले निरन्तरता पाउनुपर्नेमा जोड दि

उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरू, प्रहरी अधिकारीहरू, स्थानीय समाजसेवीहरू तथा सर्वसाधारणको उपस्थिति थियो। ट्राफिक लाइटको सञ्चालनपछि जोरपाटी क्षेत्रको ट्राफिक व्यवस्थापन थप सशक्त हुनुका साथै सडकमा बढ्दो घुइँचो नियन्त्रण हुने र दुर्घटनामा कमी आउने विश्वास गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.