धनगढीका बेपत्ता कम्प्युटर व्यवसायी मृत फेला

डिसी नेपाल
६ कार्तिक २०८२ ८:३०
800
Shares

धनगढी धनगढीका कम्प्युटर व्यवसायनरेश धामी मृत फेला परेका छन

धनगढीमा एनसिसिएस कम्प्युटर सञ्चालन गर्दै आएका धामी शिवपुरी जङ्गलमा बुधबार मृत फेला परेका हुन

उनी कात्तिक ३ गते सोमबार साँझ ७ बजेदेखि बेपत्ता भएका थिए। जिल्ला प्रहरी कार्यालय कैलालीले उनी धनगढी उपमहानगरपालिका४ शिवपुरी जङ्गलमा मृत फेला परेका बताएको छ। उनी जङ्गलमा मृत फेला परेका भए पनि कारण खुलेको छैन। प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ।

सोमबार नै काठमाडौबाट धनगढी फर्किएका धामीले दिनमा आफ्नो पसलमा काम गरेका थिए। साँझ कोठाबाट अकस्मात् बेपत्ता भएको उनको परिवारका सदस्यले बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.