छठअघि वीरगन्जमा प्रदूषणविरुद्ध आक्रोश, उद्योगका अधिकारीलाई कालो मोसो

डिसी नेपाल
७ कार्तिक २०८२ १६:१८
164
Shares

वीरगन्ज । छठ पर्व नजिकिँदै गर्दा सिर्सिया नदी प्रदूषणको विषयले फेरि तराईको जनजीवन तातिएको छ।

वीरगन्ज महानगरपालिका३२, चोर्नीस्थित नेपाल पेट्रो ल्युब इन्डस्ट्रिज प्रा.लि. का एक अधिकारीमाथि शुक्रबार स्थानीयवासीले कालो मोसो दलेका छन्।

स्थानीयहरूको एक समूहले कम्पनी परिसरमै प्रवेश गरी प्रशासन शाखाका अधिकारी काशीनाथ तिवारीमाथि दुव्र्यवहार गर्दै कालो मोसो दलिएको प्रहरीले पुष्टि गरेको छ। तिवारीले घटनापछि आफ्नो आँखामा जलन र असहजता भएको बताएका छन्।

स्थानीयवासीका अनुसार, कम्पनीबाट उत्पादन हुने ‘म्याक्सोल ल्युब्रिकेन्ट’को रासायनिक फोहोर बिना प्रशोधन सिंधै नजिकैको नदीमा फ्यालिँदै आएको छ। यसका कारण सिर्सिया नदी दिनहुँ बढी प्रदूषित हुँदै गएको र स्थानीयको स्वास्थ्यमा गम्भीर असर पर्न थालेको आरोप उनीहरूको छ।

विशेषगरी छठ पर्वको तयारी चलिरहेका बेला नदीको पानी फोहोर हुँदा व्रतालुहरूलाई स्नान र पूजा गर्न कठिनाइ भएको भन्दै आक्रोश चरममा पुगेको बताइन्छ।

स्थानीयहरूले विगत एक सातादेखि उद्योगबाट निस्कने फोहर रोक्न वा उद्योग नै बन्द गर्न माग गर्दै आएका थिए। तर माग बेवास्ता भएपछि शुक्रबार करिब ३०४० जनाको समूह कम्पनीभित्र प्रवेश गरी हल्लाहुल्लड र तोडफोड प्रयास गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

घटनापछि प्रहरीको टोली घटनास्थल पुगेको र स्थिति नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.