आज शनिबार, कस्तो छ तपाईंको राशिफल?

डिसी नेपाल
८ कार्तिक २०८२ ६:२२
112
Shares

मेष : दिन सामान्य छ। तपाईंको बोलीले आफन्त टाढिने छन्। दाम्पत्य जीवनमा फाइदा हुने योग छ। धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। दान गरेर दिनको सुरुवात गरेमा मन शान्त बन्नेछ।

वृष : दिन राम्रो छ। बोलीको प्रभावले राम्रो काम बन्ने छ। स्पष्ट बोल्नु उचित हुन्छ। दीर्घकालीन योजना बन्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुने देखिन्छ।

मिथुन : दिन सामान्य छ। यात्रामा भए खर्च बढ्नेछ। दिन अनावश्यक खर्चमा बितेको अनुभव हुनेछ। बौद्धिक व्यक्तिसँगको सहकार्यमा अवरोध सिर्जना हुनेछ। शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ। लगानी गरेको भए फाइदा हुनेछ।

कर्कट : दिन राम्रो छ। सोचेका काम बन्नेछन्। विदेशी रमझमले मन आकर्षित गर्नेछ। लगानी गरेको भए फाइदा हुनेछ। शिक्षामा गरेको लगानीबाट नाफा आर्जन हुने योग छ। बन्धुको साथ मिल्नेछ।

सिंह : दिन सामान्य छ। आम्दानी बढे पनि स्वास्थ्यमा भने समस्या हुनेछ। परिवारलाई समय दिन नसक्दा विरोधको सामना गर्नुपर्ने हुनसक्छ। बौद्धिक व्यक्तिसँग सल्लाह लिएर अगाडि बढेमा सोचेको काम बन्नेछ।

कन्या : दिन सामान्य छ। आफ्नो कामले खुशी लुटिने जोखिम छ। शिक्षाको क्षेत्रमा जोस र जाँगर बढे पनि नतिजा आफ्नो पक्षमा प्राप्त नहुन सक्छ । शिक्षामा लगानी गरेको भए घाटा हुनेछ। स्वास्थ्यमा समस्या होला। प्रेम सम्बन्ध सुमधुरमा खटपटी बढ्नेछ ।

तुला : दिन राम्रो छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यले साथ दिँदा परिवारमा मेलमिलाप हुनेछ। दक्षिणको एकल यात्रा नगर्नु राम्रो हुन्छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : दिन राम्रो छ। दाजुभाइसँगको सहकार्यले नाफा हुनेछ। शिक्षाको लगानीबाट फाइदा हुनेछ। अभिभावकसँगको भेटले मन शान्त बन्नेछ। भाग्यको स्थानमा शुभग्रह भएकाले अग्रजको सल्लाह लिएर काम गर्नुपर्ने देखिन्छ।

धनु : दिन सामान्य छ। जग्गा सम्बन्धी कारोबारबाट घाटा हुने देखिन्छ। राजनीतिक क्षेत्रमा विरोधी सक्रिय छन्। आफन्तको भन्दा बाहिरका साथीको साथ र सहयोग प्राप्त हुनेछ।

मकर : दिन राम्रो छ। सञ्चित धन खर्च भए पनि इज्जत बढ्ने योग छ। शिक्षामा गरेको प्रयास सफल बन्नेछ। पढाइमा हिम्मत गर्नु उचित हुन्छ। परिवारलाई समय दिन नसक्दा खटपटी बढ्नेछ।

कुम्भ : दिन राम्रो छ। शुभकार्यमा सहभागी हुने अवसर मिल्नेछ। खानपानमा समस्या हुँदा स्वास्थ्य बिग्रने खतरा छ। शिक्षामा प्रगति हुनेछ। दक्षिणको यात्रा नगर्नु उचित हुन्छ। राजनीतिमा भने सेवाको अवसर मिल्नेछ।

मीन : दिन राम्रो छ। आम्दानी बढ्ने योग छ। स्वास्थ्य उपचारमा भए सुधार हुनेछ। शिक्षामा थप मिहिनेत गर्नुपर्ने देखिन्छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *