खगेन्द्र सुनारको नाम मन्त्री बन्ने सूचीबाट हटाइँदै
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा सिफारिस गरिएका खगेन्द्र सुनारको नाम मन्त्री बन्ने सूचीबाट हटाउन लागिएको छ ।
सुनारको मुद्दा सर्वोच्च अदालतदेखि जिल्ला अदालतसम्म विचाराधीन रहेको सार्वजनिक भएपछि प्रधानमन्त्री सुशीला कार्कीले उनलाई मन्त्री नबनाउने तयारी गरेको स्रोतले जानकारी दिएको छ ।
सुनारबाहेक अन्य ३ जनालाई भने आइतबार नै शपथ ग्रहण गराउने तयारी छ । आज सढे २ बजे शपथ ग्रहणको तयारी गरिएको स्रोतले जनाएको छ ।
डा. सुधा शर्मा गौतम स्वास्थ्य तथा जनसंख्यामन्त्री, गणपतिलाल श्रेष्ठ भूमिमन्त्री र बब्लु गुप्ता युवा तथा खेलकुद मन्त्री बन्दै छन् ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment