मन्त्रालयको बैठक लाइभ गर्ने खेलकुदमन्त्रीको निर्णय

डिसी नेपाल
९ कार्तिक २०८२ १७:४३
40
Shares

काठमाडौं । नवनियुक्त युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदभार सम्हालेका छन्।

पदभार सम्हाल्दै मन्त्री गुप्ताले पहिलो निर्णयका रूपमा मन्त्रालयमा हुने बैठक लाइभ गर्ने निर्णय गरेका छन्। गुप्ताले मन्त्रालय मातहतका सबै निकायको बैठक लाइभ गर्ने निर्णय गरेका हुन्।

यस्तै उनले आफू गफ गरेर समय खेर फाल्ने पक्षमा नरहेको बताएका छन्। उनले आफू बोल्ने भन्दा पनि केही काम गरेर देखाउने पक्षमा रहेको बताएका हुन्।

विगतमा मन्त्रीहरूले काम गर्ने भन्दा बोलेर बस्दा मुलुक बिग्रिएकाले आफूले काम गरेर मात्रै बोल्ने संकल्प लिएको पनि नवनियुक्त मन्त्री गुप्ताको भनाइ थियो।

‘हामीलाई काम गर्न दिनुहोला। हामी के काम हुन्छ, त्यसलाई डेली प्रस्तुत गर्नेछौँ,’ उनले भने, ‘बोलेर भन्दा पनि पहिला कामै गरेर देखाउँछु। मात्रै यो बोल्दो रहेछ भनेर भएन। बोलेर नै यो सबै कुरा बिग्रेको हो नि।’

मन्त्रालयको टिमसँग बसेर छलफल गरेर मात्रै आफू अघि बढ्ने समेत उनले बताए। उनले त्यसका लागि आफूलाई समय दिन पनि आग्रह गरेका छन्।

आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिएसँगै मन्त्रालय पुगेर गुप्ताले पदभार सम्हालेका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *