उपचारका लागि सिंगापुर जाँदै देउवा

डिसी नेपाल
१० कार्तिक २०८२ १२:४८
228
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज उपचारका लागि सिंगापुर जाने भएका छन्। उनी राति ९ बजे देउवा पत्नी आरजु राणासहित थप उपचारका लागि सिंगापुर जान लागेका हुन्।

जेनजी आन्दोलनको दोस्रो दिन बूढानीलकण्ठस्थित निवासमा देउवा दम्पतीमाथि कुटपिट भएको थियो। त्यसक्रममा देउवाको टाउकोमा चोट लागेको र उपचारका क्रममा १२ टाका लगाइएको थियो।

देउवाले असोज २८ गते केन्द्रीय कार्यालय पुगेर स्वास्थ्यलाई कारण देखाउँदै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति जिम्मा दिएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *