समाजवाद पक्षधरलाई विप्लवले काठमाडौं बोलाए
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले स्वाधीनता र समाजवाद पक्षधरलाई कात्तिक २० गतेका लागि काठमाडौं बोलाएका छन्।
विप्लवले कात्तिक २० गते काठमाडौंमा बृहत आमसभाको आयोजना गर्ने र त्यसका लागि समाजवाद पक्षधरलाई काठमाडाैं बाेलाएका हुन्। उनले बिहान सामाजिक सञ्जालमार्फत समाजवादीहरूलाई भेटघाटका लागि आह्वान गरेका हुन्।
उनले लेखेका छन्, ‘नेपाललाई अरूले होइन, हामी आफैंले फेर्ने हो। अरूले होइन, नेपालीले नै चलाउने हो। जब भ्रष्ट, कमिसनखोर, तस्कर, दलाल, परजीवीहरू समाप्त हुनेछन्, देशले आत्मसम्मानसहित उन्नति हासिल गर्नेछ। स्वाधीनता र समाजवादका पक्षमा उभिन कात्तिक २० गते काठमाडौँमा भेटौँ साथीहरू।’
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment