देश जलिरहेको बेला आरोप–प्रत्यारोप होइन, सत्य र न्यायको वकालत गरौं : महासचिव पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले देश जलिरहेको बेला आरोप–प्रत्यारोप नगरेर सत्य र न्यायको वकालत गर्र्न आग्रह गरेका छन्।
उनले कांग्रेस महामन्त्री गगन थापाले गरेको टिप्पणीप्रति प्रतिक्रिया जनाउँदै अपराध र हिंसामा संलग्न सबैलाई कडाइका साथ कारबाही गर्नुपर्ने बताए।
गगन थापाले केही दिनअघि एक अन्तर्वार्तामा आफूले आफ्नो घर एमालेका कार्यकर्ता र अध्यक्ष केपी ओलीसँग समेत पहुँच भएकाले लुटपाट र आगजनी भएको दाबी गरेका थिए। उक्त अभिव्यक्तिपछि महासचिव पोखरेलले आफ्नो सामाजिक सन्जाल फेसबुक मार्फत समाजमा फैलिएका आरोप–प्रत्यारोपबाट टाढा भई सत्य र न्यायको पक्षमा उभिन सबैलाई आह्वान गरेका छन्।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,‘लुटपाट, आगजनी र विध्वंसमा संलग्न आपराधिक जथ्थाको विरोध गर्न नसक्नेहरूले अहिले एमालेको नाम जोड्न थालेछन्। राष्ट्रद्रोही हिंसात्मक कुकर्ममा संलग्न जो कोही हुन्। सबैलाई कडा कारबाही गरौं। देश जलिरहेको बेला आरोप–प्रत्यारोप होइन, सत्य र न्यायको वकालत गरौं।’







डिसी नेपाल






Facebook Comment