दल दर्ता गर्न विप्लव नेतृत्वको पार्टीले दियो निर्वाचन आयोगमा निवेदन
काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको कम्युनिष्ट पार्टी नेकपाले निर्वाचन आयोगमा दल दर्ता गर्न निवेदन दिएको छ। नेताहरू खड्गबहादुर विश्वकर्मा, सन्तोष बुढामगर, कर्णजित बुढासहित नेताहरूले आयोगमा पुगेर दल दर्ताको निवेदन दिएका हुन्।
प्रतिनिधि सभाको चुनाव आगामी फागुन २१ गतेका लागि तय भएको अवस्थामा चुनावमा भाग लिन दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने समयसीमा यही कात्तिक ३० गतेसम्म छ। सोही उद्देश्य अनुरुप कम्युनिष्ट पार्टी नेकपाले दल दर्ताको निवेदन दिएको हो।
प्रवक्ता विश्वकर्माले आगामी चुनावमा भाग लिने उद्देश्यका साथ आयोगमा दल दर्ताको निवेदन दिइएको बताए।
यससँगै प्राप्त निवेदनउपर आयोगले अध्ययन गरेर प्रस्ताव गरे अनुसारको नाम पाउने वा नपाउने, अन्य विषयमा के हुने भनेर निर्णय दिनेछ। आयोगले निर्णय दिएपछि दलले आधिकारिता पाउनेछ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment