मुख्यमन्त्री सोनल र जसपा नेपालका अध्यक्ष यादवबीच भेट

डिसी नेपाल
११ कार्तिक २०८२ १५:५४
44
Shares

रौतहट । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिने तयारीमा रहेको बेला जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव संग भेट गरेका छन्।

बाराको कलैयामा भएको भेटमा दुबै नेताबीच समसामयिक राजनीतिक परिस्थिति, प्रदेश सरकारको कार्यदिशा र आगामी राजनीतिक समन्वयका विषयमा छलफल भएको हो। छठ पर्व सकिएपछि प्रदेशसभाबाट विश्वासको मत लिने तयारी रहेका मुख्यमन्त्री सोनलले जसपा नेपालका केन्द्रीय अध्यक्ष यादव संग भेटलाई महत्त्वपूर्ण मानिएको छ।

उक्त भेटलाई मधेश प्रदेशको वर्तमान राजनीतिक समीकरण र सरकार स्थायित्वका दृष्टिले महत्वपूर्ण मानिएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाराले जनाएको छ। मुख्यमन्त्री सोनलले प्रदेशसभामा लिन लागेको विश्वासको मत सम्बन्धमा समेत छलफल भएको सो पार्टीका नेताहरुले जानकारी दिएका छन।

स्थानीय राजनीतिक विश्लेषकहरूले यो भेटलाई प्रदेशको राजनीतिक गतिशीलता र आगामी सत्ता समीकरणका सन्दर्भमा महत्वपूर्ण संकेतका रूपमा लिएका छन्।

मुख्यमन्त्री सोनलले जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नेकपा (एकीकृत समाजवादी) को समर्थनमा सरकार गठन गरेका हुन्।

नेपालको संविधानअनुसार, मुख्यमन्त्रीले नियुक्तिपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ। गत असोज २९ गते मुख्यमन्त्रीमा सोनल नियुक्त भएका हुन्। मुख्यमन्त्रीमा नियुक्त भएपछी सोनल राजनितिक भेटघाट तथा छलफल , बैठकमा व्यस्त छन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.