आज सरकार, दल र जेनजीबीच त्रिपक्षीय बैठक बस्दै

डिसी नेपाल
१२ कार्तिक २०८२ ७:३५
68
Shares

काठमाडौं। आज सरकार, दल र जेनजीबीच त्रिपक्षीय बैठक बस्ने भएको छ। बुधबार दिउँसो ४ बालुवाटारमा त्रिपक्षीय बैठक बस्न लागेको हो।

निर्वाचनको वातावरण तयार गर्नेगरी बैठक बस्न लागेको प्रधानमन्त्री सुशीला कार्कीका प्रेस संयोजक राम रावलले जानकारी दिए।

बैठकमा सरकाका तर्फबाट प्रधानमन्त्री कार्की र मन्त्रीहरू, राजनीतिक दल र जेनजीका तर्फबाट ८–९ वटा समूहका अगुवा सहभागी हुनेछन्।

सरकार र राजनीतिक दलबीच पटक पटक बैठक बसिरहेका छन्। यसअघि कात्तिक ४ गते सरकार र राजनीतिक दलबीच छलफल भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.