प्रतिनिधि सभा विघटनविरुद्धका सबै रिटको एकैपटक संवैधानिक इजलासमा सुनुवाइ जारी

डिसी नेपाल
१२ कार्तिक २०८२ १२:०७
84
Shares

काठमाडौं । प्रतिनिधिसभा विघटन एवं प्रधानमन्त्रीमा सुशीला कार्कीको नियुक्तिविरुद्ध परेका रिटउपर सुनुवाइ सुरू भएको छ । सर्वोच्च अदालतले आज संवेधानिक इजलास गठन गरी सम्बन्धित सबै रिटहरूलाई एउटै इजलासमा राखेर एकैपटक सुनुवाइ सुरू गरेको हो । अहिले इजलास चलिरहेको छ ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्वमा गठित इजलासमा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्मा छन् । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा १६ वटा रिट दर्ता भएका छन् । ती सबै रिटमाथि एकैपटक सुनुवाई थालिएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *