चार दिनमा १७ हजार दुई सयले घट्यो सुन मूल्य

डिसी नेपाल
१२ कार्तिक २०८२ १२:२७
9.0k
Shares

काठमाडौं । नेपाली बजारमा चार दिन यता निरन्तर सुनको मूल्य ओरालो लाग्ने क्रममा छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चार दिनमा सुन मूल्यमा १७ हजार दुई सयको गिरावट देखिएको छ।

आज सुन मूल्य प्रतितोला सात सय रुपैयाँ घटेको छ। आज सुन नेपाली बजारमा प्रतितोला २ लाख ३६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको हो।

मंगलबार पनि सुन तोलामा दुई हजार ९०० रुपैयाँले घटेर दुई लाख ३७ हजारमा कारोबार भएको थियो।

सोमबार पनि सुन मूल्य तोलामा दुई हजारले घटेर प्रतितोला २ लाख ३९ हजार ९०० रुपैयाँ निर्धारण गरिएको थियो।

आइतबार भने सुन मूल्यमा भारी गिरावट देखिएको थियो। महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य घटेसँगै आइतबार नेपाली बजारमा पनि सुन मूल्य तोलामा ११ हजार ६०० ले घटेको थियो।

आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० ले घट्दा दुई लाख ४१ हजार ९०० मा कारोबार भएको थियो। त्यसअघि कात्तिक ३ गते सुन मूल्यले प्रतितोला दुई लाख ५३ हजार ५०० पुगेर नयाँ रेकर्ड कायम गरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *