एसएसपी रानाभाटले दिए पदबाट राजीनामा

डिसी नेपाल
१२ कार्तिक २०८२ १४:४४
2.8k
Shares

काठमाडौं । नेपाल प्रहरीका एसएसपी प्रकाश रानाभाटले पदबाट राजीनामा दिएका छन्।

रानाभाटले बुधवार बिहान आइजीपीको सचिवालयमा राजीनामा बुझाएका हुन्। उनको राजीनामा स्वीकृत हुन बाँकी रहेको छ।

सुदूरपश्चिम प्रदेश कार्यालयमा कार्यरत रानाभाटले पारिवारिक कारण देखाएर राजीनामा दिएको बताइएको छ।

उनी २०५८ मा प्रहरी इन्स्पेक्टर भर्ना भएका थिए। गत साउनमा ११ एसपीलाई एसएसपी बढुवा गरिँदा उनी पनि बढुवा भएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *