‘मोन्था’को प्रभाव काठमाडौंमा : वर्षाले जनजीवन प्रभावित (तस्बिरहरू)
काठमाडौं। बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’का कारण मौसम प्रभावित हुँदा नेपालका विभिन्न स्थानमा अविरल बर्षा भएको छ।
जसका कारण काठमाडौंमा जनजीवज प्रभावित भएको छ। वर्षाका कारण काठमाडौं उपत्यकाका खोलामा जलसतह पनि बढेको छ।
मोन्थाको प्रभावले काठमाडौंमा मात्र नभएर कर्णाली र सुदूरपश्चिम प्रदेशमा छिटपुट, अन्य प्रदेशमा मध्यम वर्षा हुने तथा शनिबार बिहानदेखि मात्र मौसम सुधार आउने जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेलले बताएकी छन्।
आगामी २४ घण्टामा कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा भारी हिमपातको सम्भावना रहेको प्रवक्ता पोखरेलले जानकारी दिइन्।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment