भारतको जीतमा पाकिस्तानकी पूर्वकप्तान खुसीले गद्‍गद्

डिसी नेपाल
१४ कार्तिक २०८२ १२:५१
644
Shares

काठमाडौं । महिला विश्वकपको दोस्रो सेमिफाइनलमा भारतले अष्ट्रेलियालाई हराउँदै फाइनलमा प्रवेश गरेको छ। भारतले अब नोभेम्बर २ मा हुने फाइनलमा दक्षिण अफ्रिकाको सामना गर्नेछ।

पाकिस्तान महिला क्रिकेट टोलीकी पूर्व कप्तान तथा अहिले कमेन्टेटर सना मिरले भारतको यो जितमा प्रतिक्रिया दिएकी छिन्।

सना मिरले सामाजिक सञ्जालमा लेखेकी छिन् , “अष्ट्रेलियाको प्रभावशाली जितको सिलसिला अन्ततः भारतले शानदार जितका साथ तोड्यो। महिला क्रिकेटले २०२५ मा नयाँ च्याम्पियन पाउनेछ।”

बिहीबार भएको दोस्रो सेमिफाइनलमा भारतले अष्ट्रेलियाले दिएको ३३९ रनको लक्ष्य ४८.३ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्‍यो। जेमिमा रोड्रिग्वेजले अविजित १२७ रन बनाउँदै भारतको जितको नायक बनिन्। भारतका लागि कप्तान हरमनप्रीत कौरले ८९ रनको इनिङ खेलिन्।

फाइनल समीकरण पूरा भएसँगै अब महिला क्रिकेटले नयाँ च्याम्पियन पाउने निश्चित भएको छ । महिला एकदिवसीय विश्वकप अहिलेसम्म ३ देशले मात्र जितेका छन् । सबैभन्दा धेरै अस्ट्रेलियाले ७ पटक, इङ्ल्याङ्डले ४ पटक र न्युजिल्याण्डले १ पटक विश्वकप जितेका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *