आईसीसी लिग–२ : आज नेपाल र अमेरिका भिड्दै

डिसी नेपाल
१५ कार्तिक २०८२ १०:५१
56
Shares

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय युएई शृङ्खलामा आज नेपाल र अमेरिकाबीच प्रतिस्पर्धा हुँदैछ।

नेपाली समयअनुसार बिहान सवा ११ बजे युएईको दुबई इन्टरनेशनल क्रिकेट मैदानमा सुरु हुने खेलमा नेपाल र अमेरिकाबीच प्रतिस्पर्धा हुन लागेको हो।

जारी शृङ्खलामा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । पहिलो खेलमा अमेरिकासँग १०६ रनले हारेको नेपाल दोस्रो खेलमा युएईसँग ५ विकेटले पराजित भएको थियो।

लिगमा २२ खेल खेलेको अमेरिका ३२ अङ्कका साथ शीर्षस्थानमा रहेको छ भने १८ खेल खेलेको नेपाल १२ अंकसहित सातौँ स्थानमा छ । यस्तै, १८ खेलबाट ८ अङ्क जोडेको युएई अन्तिममा छ। नेपालले शृङ्खलाको अन्तिम खेल आगामी बुधबार युएईसँग खेल्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.