लुम्बिनी लायन्सको एन्थम सार्वजनिक
काठमाडौं । लुम्बिनी लायन्सले एनपिएलको संघारमा आफ्नो अफिसियल एन्थम् (गीत) ‘स्याबास!’ सार्वजनिक गरेको छ।
बुद्द दर्शन र खेललाइ एउटै बिम्बमा उनिएको यो कवितात्मक एन्थममा नवराज पराजुलीको शब्द र स्वर रहेको छ।
यो एन्थम मुख्यत दर्शकको भावबाट लेखिएको कुरा सर्जक नवराज पराजुलीले बताए। मैदानमा हुने ११ जना खेलाडीजस्तै मैदानबाहिरका दर्शक पनि खेलमा होमिएका हुन्छन्। ती दर्शकलाइ बाह्रौं खेलाडीको रुपमा एन्थममा समेटिएको छ।
सर्जक भन्छन्, ‘जब लुम्बिनी लायन्सको खेल भइरहेको हुन्छ, त्यसबेला दर्शकहरुले आफ्नो टिमलाइ जे भन्न मन लाग्छ, एन्थममा ती पंतिहरु समेटिएका छन्।’
बुद्द दर्शनमा भएको ध्यान र स्वासको महानतालाइ खेलको भाषामा एन्थममा प्रस्तुत गरिएको छ।
एन्थमको संगीत संयोजन उज्वल सागरले गरेका हुन्। लिरिकल भिडियोको निर्माण बिबेक निशानीले गरेका हुन्।
एनपीएलको ट्रफी टूरको क्रममा लुम्बिनीमा भएको विशेष कार्यक्रममा सो एन्थम सार्वजनिक गरिएको थियो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment