आईसिसी विश्वकप लिग–२: घरेलु मैदानमा यूएईको लज्जास्पद हार

डिसी नेपाल
१८ कार्तिक २०८२ ८:०६
120
Shares

काठमाडौं ।  आईसिसी विश्वकप लिग–२ अन्तर्गत सोमबार भएको खेलमा यूएईले अमेरिकासँग लज्जास्पद हारको सामना गरेको छ ।

घरेलु मैदानमा भएको खेलमा अमेरिकाले दिएको २९३ रनको लक्ष्य पछ्याएको यूएई ४९ रनमा अलआउट भएको हो । यूएई अमेरिकासँग २४३ रनले पराजित भएको हो ।

अमेरिकाले ५० ओभरमा तीन विकेट गुमाउदैँ २९३ रन बनाएको थियो । २९३ रनको लक्ष्य पछ्याएको यूएईका कुनै पनि ब्याट्सम्यानले टिकेर खेल्न सकेनन् । २२ ओभर १ बलको सामना गर्दा यूएईले सबै विकेट गुमाएको थियो ।

लिग दुईको यो शृङ्खलाको आयोजकसमेत रहेको यूएईले अब अर्को खेल बुधबार नेपालसँग खेल्दैछ । लिग २ को अंक तालिकामा अमेरिका शीर्ष स्थानमा छ भने यूएई पुछारमा छ ।

अमेरिकाले २४ खेल खेल्दा ३६ अंक जोडेको छ भने १९ खेल खेलेको यूएईले ८ अंक मात्र बनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.