राहदानीमा कुनै समस्या नहुने गरी काम गर्न प्रधानमन्त्रीको निर्देशन

डिसी नेपाल
१८ कार्तिक २०८२ २१:०५
36
Shares

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले राहदानी वितरणको अवस्थाबारे परराष्ट्र मन्त्रालय र राहदानी विभागका अधिकारीहरुसँग जानकारी लिएकी छन्।

मन्त्रालय र विभागका अधिकारीहरुलाई आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बोलाएर राहदानी वितरणका विषयमा जानकारी माग गरेकी हुन्।

प्रधानमन्त्री कार्कीले परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललगायत अधिकारीलाई राहदानीमा कुनै समस्या नहुने गरी काम गर्न निर्देशन पनि दिइन्।

राहदानी अभाव हुने अवस्था आउन नदिन तत्काल विभिन्न वैकल्पिक योजनासहित अघि बढ्न उनको निर्देशन थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *