रवि लामिछानेलाई सिंहदरबार ल्याइयो
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का सभापति रवि लामिछानेलाई नख्खु कारागारबाट सिंहदरबार ल्याइएको छ। जेन-जी आन्दोलनका क्रममा भदौ २४ गते कारागारबाट निस्किएका रविलाई यस विषयमा सोधपुछका लागि ल्याइएको हो।
पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगले उनीसँग आज सोधपुछ गर्दैछ। यसैलका लागि उनलाई सिंहदरबारस्थित आयोगको कार्यालयमा ल्याएर सोधपुछ गर्न लागिएको हो।
जाँचबुझ आयोगले सोधपुछका लागि झिकाउन भनेपछि उनलाई अहिले कारागारबाट हिँडाइएको नख्खु कारागार स्रोतले बताएको छ।








No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment