कहिल्यै नफुट्ने गरी कम्युनिष्ट आन्दोलन अघि बढाउनुपर्छ : झलनाथ खनाल

डिसी नेपाल
१९ कार्तिक २०८२ १६:२२
32
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले कहिल्यै फुट्ने गरी कम्युनिष्ट आन्दोलनलाई अघि बढाउनुपर्ने बताएका छन्।

बुधबार काठमाडौंको भृकुटिमण्डपमा आयोजित कम्युनिष्ट पार्टी एकता कार्यक्रममा खनालले अहिले कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउन एकताबद्ध भएर अघि बढ्नुपर्ने भन्दै कहिल्यै फुट्ने गरि कम्युनिष्ट आन्दोलनलाई अघि बढाउनुपर्ने बताएका हुन्।

अहिलेको कम्युनिष्ट एकता देशको हितमा रहेकाले आफु सहभागी भएको भन्दै उनले अब हिजो भएका कमीकमजोरीलाई सुधार गर्नुपर्ने धारणा राखे। उनले कम्युनिस्टहरू एकअर्काबीच आरोप प्रत्यारोपको श्रृखला अव अन्त्य हुनुपर्नेमा जोड दिए।

उनले जायज माग लिएर आन्दोलनमा उत्रिएका जेनजीहरुको आन्दोलन हाइज्याक भएर हिसांत्मक घटनामा मोडिएको जिकिर गरे। देशी विदेशी प्रतिक्रियावादीले देशलाई ध्वस्त पार्न ठूलो षडयन्त्र गरेको उहाले बताए। खनालले देशलाई पुनर्निर्माण गर्ने ताकत कम्युनिष्टसंग मात्र रहेको जिकिर गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.