कांग्रेस नेताहरू भन्छन् : नियमित महाधिवेशनले मात्र जेनजी पुस्ताको भावना समेट्छ

रस्मिता गिरी
२० कार्तिक २०८२ १८:१२
20
Shares

काठमाडौं नेपाली कांग्रेसभित्र महाधिवेशनको मुद्दा पेचिलो बन्दै गएको छ विशेष र नियमिति महाधिवेशन पक्षधर छुट्टाछुट्टै भेलामा केन्द्रीत छन्

सरकारले फागुन २१ गते निर्वाचनको लागि मिति तय गरेपछि विशेष कि नियमित महाधिवेशन गर्ने भन्ने विषयम अन्योलमा छ विहीबार काठमाडौंको वत्तिसपुतलीमा भेला भएका कांग्रेस नेताहरुले नियमित महाधिवेशनमा जानुपर्नेमा जोड दिएका छन्

उनीहरुले १५औं महाधिवेशनका लागि वडादेखि केन्द्रसम्मको प्रक्रिया सुरु गर्नुपर्नेमा दबाब बढाएका छन् कांग्रेस महासमिति सदस्य उपेन्द्र यादवले पार्टीभित्र फागुन २१ को निर्वाचन अघि कि पछि महाधिवेशन गर्ने भन्नेमा वहस चलिरहेको बताए

महाधिवेशनका सन्दर्भमा पार्टी भित्रै फरक मत आएकाले केन्द्रीय समिति बैठकले यो विषयलाई एउटा आधार दिएर टुंग्याउनपर्ने सुझाव दिए विहीबारको भेला निर्वाचन केन्द्रित भएर जानुपर्छ भन्नेमा रहेको उनले जानकारी दिए

यादवले हाल मुलुकमा भएका समस्याहरु समाधान गर्नको लागि पार्टीको तयारी, भावी एजेण्डा, कार्यक्रम तय गरेर केन्द्रीय बैठकले ठोस निर्णय दिएर अघिबढ्नुपर्ने बताए उनले प्रविधिक र राष्ट्रिय परिस्थितिले साथ नदिएमा समयवधि थपेर महाधिवेशन सम्पन्न गराउने कुरा विधानमै व्यवस्था रहेको औंल्याए

उनले अहिले अधिवेशनको विषयलाई लिएर अनावश्यक बहस गर्ने नभई एकताबद्ध भएर सबै नेताहरुले साझा एजेण्डा लिएर अघि बढ्नुपर्ने बताए जेनजीले उठाएका विषयलाई सम्बोधन गर्नुपर्ने उनले जोड दिए

त्यस्तै महाधिवेशन प्रतिनिधि कमला हमालले कांग्रेस पार्टी ठूलो भएकाले फरक फरक विचार राख्नेहरुको संख्या पनि ठूलो हुने भएकाले महाविधेशनका सन्दर्भमा तर्क वितर्क हुनु जायज भएको बताइन्

त्यस्तै नेपाल विद्यार्थी संघका पूर्व केन्द्रय सदस्य अनिल भोजुले निश्चित समय तालिका भित्रै रहेर कुनैपनि हालतमा महाधिवेशन गर्नुपर्ने भन्दै समयमै महाधिवेशन नभए केन्द्रीय समिति भंग गर्नुपर्ने बताए

उनले केन्द्रीय समिति भंग भएपश्चात तदर्थ समिति गठन गरी त्यसमा ५० प्रतिशत युवा युवा पुस्तालाई समेटेर तदर्थ समिति गठन गरेर अधिवेशनमा जानुपर्ने औंल्याए

उनले विशेष महाधिवेशनले कुनै पनि हालतमा नयाँ पुस्तालाई समेट्न नसक्ने बताए उनले जेनजीहरु समेटेर अब १५औं महाधिवेशन हुनुपर्नेमा जोड दिए उनले नयाँ पुस्ता र पुराना दुबै पुस्ता अहिलेको आवश्यकता रहेको बताए

त्यस्तै महासमिति सदस्य नविन राईले हालको परिवर्तन सँगसँगै पार्टीको अधिवेशन र संगठनात्मक संरचनाका कुराहरूलाई पूर्णता दिनका तत्काल काम गर्नुपर्ने बताए

उनले केही नेताहरुले विशेष महाधिवेशन गर्नुपर्छ भनेतापनि नियमित महाधिवेशनमा नै जानपर्ने आफ्नो माग रहेको बताए उनले नियमित महाधिवेशनका कारण वडादेखि केन्द्रसम्म नयाँ व्यक्तिहरु जोडिने भएकाले जेनजीको भावना समेत जोडिने बताएका छन्




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *