चीनको हाईनानमा नेपाली प्रर्दशनी
काठमाडौं । चाईनाको हाईनान प्रान्तमा हुने एकल देशीय मेलामा नेपालबाट साना तथा मझौला व्यवसायीहरुले सहभागिता जनाउने भएका छन्।
साना तथा मझौला व्यवसायी महासंघले विहिबार राजधानीमा पत्रकार सम्मेलन गरि चीनको हाईनान प्रान्तमा हुने प्रर्दशनीमा आफ्ना उत्पादनका साथ सहभागी हुन सबै साना तथा मझौला व्यवसायीलाई आव्हान गरेको हो।
महासंघका प्रथम उपाध्यक्ष इनु पौडेलले चीनको एक स्थानीय कम्पनी र महासंघबीचको साझेदारीमा हाईनान प्रान्तको व्यापारिक भवनमा नेपाली व्यवसायीले झण्डै ८० वटा स्टल राख्न पाउने व्यवस्था भएकाले आफ्ना उत्पादन सहित सहभागी भई बजारीकरणको सही सदुपयोग गर्न सबैलाई आव्हान गरिन्।
चीनमा हुने अधिकांश मेलामा साना तथा मझौला व्यवसायीहरुको उत्पादनको प्रर्दशनी र विक्रि हुदै आएको छ। यो मेला पछाडि हाईनान प्रान्तको व्यापारिक भवनमा नेपाली उद्योगीहरुका लागि कम्तिमा ५० वटा स्टल चीन सरकारले स्थायी रुपमा उपलब्ध गराउने भएको छ ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment