वर्षमा तीन पटक रंग बदल्ने मनमोहक कुपिण्डे दह (तस्बिर)

डिसी नेपाल
२३ कार्तिक २०८२ १४:५०
40
Shares

सल्यानको बनगाड कुपिन्डे नगरपालिकामा अवस्थित कुपिन्डे दह प्राकृतिक सुन्दरता अनुपम कडी हो। दहले वर्षमा तीन पटक वर्षा, हिउँद र गर्मी महिनामा पानीको रंग बदल्ने गरेको छ।

सल्यानको बनगाड कुपिन्डे नगरपालिकामा अवस्थित कुपिन्डे दह प्राकृतिक सुन्दरताको अनुपम कडी हो। हरियालीले घेरेको पहाडको बीचमा शान्त र स्वच्छ पानी फैलिएको यो दह सतहमै बादल र जंगलको प्रतिबिम्ब कोर्ने ऐनाजस्तै देखिन्छ। बीच भागमा देखिने शिवलिंग जस्तै उठेको भू-आकृतिले यसलाई धार्मिक आस्था र पौराणिक प्रतीकसँग पनि जोडेको छ।

बनगाड कुपिन्डे नगरपालिकाको सेजुवाल टाकुरा, मार्के, माझकाँडा, धाजी पीपल र कजेरीगाउँको बीचमा रहेको कुपिण्डे दह प्राकृतिक रूपले सुन्दर मानिन्छ। कुपिण्डे दहले वर्षमा तीन पटक वर्षा, हिउँद र गर्मी महिनामा पानीको रंग बदल्छ।

हरियाली रुख विरुवा, सुन्दरबस्ती सल्यानी संस्कृतिको जनजीवनले जो कोहीलाई पनि कुपिण्डे दह पुग्दा आनन्दको महसुस हुन्छ। दहको किनारमा बराहको मन्दिर छ। सल्यानको मात्र नभएर बराह मन्दिरमा पूजा गर्न रुकुम, सुर्खेत र जाजरकोटका मानिस पनि पुग्ने गर्छन्।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *