भारतसँग जोडिएका नाका तीन दिन बन्द हुने

डिसी नेपाल
२३ कार्तिक २०८२ २१:००
156
Shares

सिरहा । भारतको विहार राज्यमा हुने विधानसभा आमनिर्वाचनलाई मध्यनजर गरी सिरहाको सीमावर्ती नाका आज रातिदेखि बन्द गरिने भएको छ।

जिल्ला प्रशासन कार्यालयद्वारा आज जारी गरिएको सूचनामा भारतको विहार राज्यमा हुने विधानसभा निर्वाचनका कारण सिरहासँग जोडिएका सीमानाका तीन दिनसम्म बन्द गरिने निर्णय गरिएको उल्लेख छ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार यही कात्तिक २३ गते राति १२ बजेदेखि कात्तिक २५ गते राति १२ बजेसम्मका लागि सीमानाका बन्द गरिने छन् । उनका अनुसार, यस अवधिमा मानवीय र आकस्मिक बाहेकका आवागमन पूर्ण रूपमा बन्द गरिने छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *