राजनीतिक र प्रशासनिक नेतृत्वबीचको सहकार्यले मात्र विकास सम्भव छ : मुख्यमन्त्री शाह

डिसी नेपाल
२३ कार्तिक २०८२ २२:३२
24
Shares

दार्चुला । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजनीतिक र प्रशासनिक नेतृत्वबीचको सहकार्यले मात्र विकास सम्भव रहेको बताएका छन्।

आइतबार दार्चुलामा आयोजित दार्चुला जिल्लाका पालिका प्रमुखहरू, संघ, प्रदेश र स्थानीय तहका कार्यालय प्रमुखहरू तथा सुरक्षा निकायका प्रतिनिधिहरूसँगको छलफल तथा अन्तरक्रिया कार्यक्रममा उहाँले सो कुरा बताएका हुन्।

कार्यालय-कार्यालय र निकाय-निकायबीचको समन्वय प्रगाड हुनुपर्छ। सुशासन कायम र भ्रष्टाचार नियन्त्रणका लागि समन्वय र सहकार्य अपरिहार्य छ,’ उनले भने, नावताका बेला हामीले जनतालाई गरेका वाचा अनुसार विकास नभएको तितो यथार्थलाई स्विकार्दै तपाईं सबै सच्चिन जरुरी रहेको र जेन्जी आन्दोलनको मर्म यहि हो, मुख्यमन्त्री शाहले भने।

भदौ २३ र २४ गतेको आन्दोलनपछि यो मुलुकमा संविधान, सरकार र व्यवस्था रहँदैन कि भन्ने जुन दुविधा थियो, त्यो दुविधा चिर्नका लागि आफू सम्पूर्ण क्षेत्रमा उपस्थित भएको उनको भनाइ छ। उनले आफ्नो भ्रमण टुरका लागि टुर नभइ अर्थपूर्ण संवादको सुरुवात भएको दाबी गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.