ट्रामाडोल सहित रौतहटमा दुई जना पक्राउ

डिसी नेपाल
२४ कार्तिक २०८२ १६:३४
52
Shares

रौतहट । रौतहट प्रहरीले दुई जनालाई ट्रामाडोल सहित नियन्त्रणमा लिएको छ। सर्लाही लालबन्दी नगरपालिका-१६ तामाङटोल बस्ने २७ वर्षीय बुद्धसिंह वाइवा र सर्लाही हरिवन नगरपालिका –३ श्रीपुर बस्ने २४ वर्षीय शरिन योञ्जनलाई प्रहरीले पक्राउ गरेको हो।

चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व, पश्चिम लोकमार्गस्थित ट्राफिक चेकपइन्टमा खटिएको चेकिङ टोलीले पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको म.प्र. ०३२ ०२५ प ९७२१ नं.को स्कुटर चेकजाचको क्रममा फेला परेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर, रौतहटले जनाएको छ।

उनीहरुको साथबाट एक सय तीस पिस ट्रामाडोल बरामद भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक रुपा लाबुङ्गले बताइन्aa।

उनका अनुसार स्कुटरको हेन्डलमा रेनकोटको झोलामा ट्रामाडोल लुकाइछिपाई ल्याउँदै गरेको अवस्थामा बरामद भएको हो। पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.