हामी निर्वाचनमा जान तयार छौं तर सरकार तयार छैन : सन्तोष परियार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता सन्तोष परियारले निर्वाचन हार्ने र जित्नेभन्दा पनि समाजलाई नयाँ आशा र दृष्टिकोण दिने कुरा महत्वपूर्ण भएको बताएका छन्।
मंगलबार काठमाडौंमा आयोजित आगामी प्रतिनिधी सभाको निर्वाचन : चुनौती र अवसर विषयक राजनीतिक दलहरुसँग अन्तक्रिया कार्यक्रममा उनले निर्वाचन हार्ने र जित्नेभन्दा पनि समाजलाई नयाँ आशा र दृष्टिकोण दिने कुरा महत्वपूर्ण भएको भन्दै त्यसको लागि पनि यो निर्वाचनमा जानु पर्ने बताए।
उनले भने, ‘निर्वाचन कसले जित्छ त्यो ठूलो कुरा होईन त्यो निर्वाचनले कुन आशालाई स्थापित गर्छ र कुन नयाँ दृष्टिकोण ल्याउँछ त्यो महत्वपूर्ण कुरा हो। त्यसकारण अबको निर्वाचनमा को जित्ने र हार्ने ठूलो कुरा होइन। समाजलाई नयाँ आशा कसले दिन्छ र हाम्रा सामाजिक मुद्दाहरुमा नयाँ दृष्टिकोण कसले दिन्छ भन्ने कुरा महत्वपूर्ण हो। त्यसकारण पनि यो निर्वाचनमा हामी जानुपर्छ।’
यस्तै, उनले जानेर वा नजानेर, चाहेर वा नचाहेर जुन किसिमले संविधानलाई क्षत विक्षत बनाइएको छ, जुन किसिमको लोकतान्त्रिक पद्धतीलाई अप्ठयारोमा पारिएको छ। त्यसलाई ठाँउमा ल्याउनको लागि पनि निर्वाचनमा जानुपर्ने बताए।
सरकारले नै निर्वाचन गर्न नचाहेको हो कि भन्ने महशुस भइरहेको भन्दै रास्वपा र व्यक्तिगत तर्फबाट सरकार आफंै निर्वाचन विरोधी कुराहरु नगर्न आग्रह गरेका छन्।
साथै, उनले आफू लोकतन्त्रमा विश्वास गर्ने, लोकतन्त्रलाई संस्कृति बनाउनुपर्छ भन्ने व्यक्ति भएको भन्दै आफूले गर्ने हरेक कामहरु लोकतन्त्रभन्दा बाहिर नजाने बताए।







डिसी नेपाल






Facebook Comment