शीतलनिवासमा मधेशका नवनियुक्त प्रदेश प्रमुखले लिए शपथ

डिसी नेपाल
२५ कार्तिक २०८२ १५:२६
136
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार राष्ट्रपति भवन शीतलनिवासमा आयाेजित एक समारोहका बीच मधेश प्रदेशका नवनियुक्त प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णलाई पद तथा गोपनियताको शपथ गराएका छन्।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कर्णलाई मधेश प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। सरकारको सिफारिसमा कर्णलाई प्रदेश प्रमुख नियुक्त गरेका राष्ट्रपतिले आज शपथ गराएका हुन्।

संविधान प्रतिकूल हुनेगरी मधेशमा मुख्यमन्त्री नियुक्त गरेको भन्दै विवाद भएपछि सरकारले सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गर्ने निर्णय गरेको थियो। उनले एमालेका सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरी होटेलमा शपथ गराएपछि मधेशमा तनाव सिर्जना भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *