७ दलिय गठबन्धनले विरोध तथा शान्तिपूर्ण आन्दोलन गर्दै
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; captureOrientation: 0;
runfunc: 0; algolist: 0;
multi-frame: 1;
brp_mask:0;
brp_del_th:null;
brp_del_sen:null;
motionR: 0;
delta:null;
module: video;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: null;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: weather?null, icon:null, weatherInfo:100;temperature: 35;zeissColor: bright;
जनकपुर । मधेश प्रदेशमा हालै बनेको ७ राजनितिक दलहरुको गठबन्धनले आज जनकपुरधामसहित प्रदेशभर विरोध तथा शान्तिपूर्ण आन्दोलन गर्ने भएको छ ।
हिजो अबेर राति प्रेस विज्ञप्ती जारी गर्दै सात दलिय गठबन्धनले आज बिहान ८ः३० बजे देखि विरोध तथा शान्तिपूर्ण आन्दोलन गर्ने जानकारी दिएको छ ।
सात दलिय गठबन्धनमा जसपा नेपाल, लोसपा, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी रहेको छ । उनीहरुले आज गर्ने विरोध प्रदर्शनमा सहभागी हुन घटक दलका सम्पूर्ण नेता तथा कार्यकर्ता एवं न्याय प्रेमी जनतालाई आग्रह गरेका छन् ।
हिजो बेलुकी मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवले जनकपुरधामस्थित मधेश भवनभित्र अस्थायी रुपमा बनाइएको मुख्मन्त्री कार्यालयमा पदभार ग्रहण गरेका थिए । सोही समयमा मधेश भवन अगाडि ७ राजनितिक दलका नेता तथा कार्यकर्ताहरुले विरोध प्रदर्शन गरिरहेका थिए ।
प्रदर्शन भइरहेकै समयमा सुरक्षाकर्मीले लाठी चार्ज सुरु गरेपछि दजर्न बढी नेता कार्यकर्ताहरु घाईते भएका छन् । उनीहरुको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । एक जना नेताको खुट्टा नै भाँचेको छ । समाचार संकलनका लागि गएका एक जना सञ्चारकर्मीको पनि टाउको फुटेको छ ।
सात दलिय गठबन्धनले तत्कालीन मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले असंवैधानिक तरिकाबाट सरोज कुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेको भन्दै नियुक्ति खारेजी गर्नु पर्ने माग राखेको छ । उनीहरुले हिजो भएको लाठी चार्जमा संलग्न सुरक्षाकर्मीहरुलाई पनि कारवाही गर्नुपर्ने माग अघि सारेका छन् ।
उनीहरुले मुख्यमन्त्री सरोज कुमार यादवसहित मन्त्रीपरिषदका अन्य सदस्यहरुलाई सार्वजनिक रुपमा बहिस्कार र विरोध गर्ने विज्ञप्तीमा उल्लेख रहेको छ ।








डिसी नेपाल






Facebook Comment