जेनजी आन्दोलनका क्रममा लुटपाट, तोडफोड तथा आगजनी गर्ने पक्राउ

डिसी नेपाल
२६ कार्तिक २०८२ २२:२४
28
Shares

गण्डकी। कास्की प्रहरीले ‘जेनजी’ आन्दोलनका क्रममा कास्की जिल्लास्थित विभिन्न सरकारी तथा गैरसरकारी कार्यालय, व्यक्तिगत घर, पसलमासमेत आगजनी, तोडफोड तथा लुटपाट गर्ने व्यक्तिको पहिचान तथा अनुसन्धानका क्रममा आज पनि थप दुुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी अनुसन्धानका क्रममा आगजनी, तोडफोड, लुटपाट तथा मानिसलाई माइकिङ गर्दै उक्साहट गर्ने र विभिन्न व्यक्तिहरुको घर तोडफोड गर्न आग्रह गर्दै हिँड्ने कार्यमा संलग्न दुई जनालाई पक्राउ गरेको कास्की प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए।

उनका अनुसार पक्राउपर्नेमा कास्कीको मादी गाउँपालिका–५ भैँसे बस्ने २५ वर्षीय रोशन सापकोटा र पोखरा महानगरपालिका–१७ घारीकुलो बस्ने ३८ वर्षीय विमला सापकोटा रहेका छन्। निजहरूलाई कास्की जिल्ला अदालतबाट आपराधिक उपद्रव गर्न नहुनेसम्बन्धी कसुरमा चार दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.