बसमा छैन मन
आज बसमा छैन मेरो मन
सदा झैँ शान्त हुन सकिरहेकी छैन
विचारका ज्वारभाँटा छचल्किरहेका छन्
भावनाका छाल लहरिरहेका छन्
खै कता कता पुग्न खोज्दै छ यो मन
लाग्दैछ पानीको फोहोरा जस्तै हुने हूँ कि
तापबीचमा जल्ने हूँ कि
संघर्सको किनार मिल्ने हुँ कि
यसरी नै लहरिँदै छन् भावनाका लहरा
छोरी भएकै कारण
छुट्टिएकी आमाको साथ फेरि पाउला
बुढेसकालको लौरो फेरि बन्न सकुँला
यस्ता भाव पैदा हुँदा
चट्टानको मुटुमा ताप बर्सियो
तप तप रक्त पोखियो
सरसर गर्दै स्वास मुटु छिया पार्दै गयो
मनले मनभित्र भावनाका अनेक छल हान्दै गयो
रोइरहेछ आज नेपाली पन
विरक्तिएर मुनाल डाँफे पनि
विक्षिप्त छन् लालीगुराँस्
उनीहरूलाईं मन छैन फेरि फुल्न
उनीहरूको मन पनि मेरो जस्तै विरक्तिएको होला
देशका युवा विदेसिँदा
बुढा बाआमको बुढेसकालको सहारा टाढिँदा
त्यसैले पलपल मारिरहेकाछन्
मनभित्र उब्जिने मनका अनेक भावनाहरूले
No ads found for this position




Facebook Comment