लम्कीचुहामा सिटी हल तथा संग्रहालय शिलान्यास, सन्तुलित बजेट निर्माणमा मुख्यमन्त्री शाहको जोड

डिसी नेपाल
१० मंसिर २०८२ १४:२२
28
Shares

लम्की । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेशमा सन्तुलित बजेट निर्माण प्रति आफू चिन्तित रहेको बताएका छन्।

बुधबार लम्कीचुहा४ मा निर्माण हुन लागिरहेको सिटी हल, संग्रहालय तथा घेरापर्खाल निर्माण कार्यको शिलान्यास गर्दै उले पहाडी र तराई जिल्लाबीच विकासको सन्तुलन कायम गर्न आवश्यक रहेको बताएका हुन्।

सातै जिल्लाको भ्रमण सकेर फर्किनु भएका मुख्यमन्त्री शाहले बाजुराबझाङ जस्ता विकट पहाडी क्षेत्रमा विकासका कामलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्दै भने, तराईका क्षेत्रमा विकासले फड्को मारेको छ, अब विकास पहाड र दुर्गम बस्तीहरू केन्द्रित हुनुपर्छ।

शिलान्यासका अवसरमा मुख्यमन्त्री शाहले शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका ठूला परियोजनाहरू पनि शीघ्र शिलान्यास तथा उद्घाटनको चरणमा रहेको जानकारी दिए।

ले प्रदेशको सर्वांगीण विकासका लागि आफूले निरन्तर सक्रिय भूमिका खेल्ने उल्लेख गरे। जननिर्वाचित प्रतिनिधिहरूबीच समन्वय र साझा उद्देश्य आवश्यक भएको बताउँदै उले संग्रहालयलाई प्रभावकारी रूपमा अघि बढाउन स्थानीय तह र सरोकारवालासवैसचेत र जिम्मेवार हुनेपर्ने जोड दिए।

प्रदेश सरकारको बजेटबाट बन्न लागेका लम्कीचुहा सिटी हल, संग्रहालय तथा पर्खाल निर्माणका लागि काम गोरखनाथपूर्वपश्चिमनिधि जेभी, काठमाडौंसँग १३ करोड १९ लाख ३ हजार २१४ रुपैयाँ ७ पैसामा ठेक्का सम्झौता भएको छ। यस परियोजनाको कुल लागत २२ करोड ८९ लाख १७ हजार ७ रुपैयाँ ५६ पैसा रहने जनाइएको छ।

बहुउद्देश्यीय रूपमा प्रयोग गर्न मिल्ने सिटी हलबाट सार्वजनिक सभा, सांस्कृतिक कार्यक्रम, प्रदर्शनी तथा अन्य गतिविधिमा सहजता हुने अपेक्षा गरिएको छ। निर्माण कार्य २०८४ साल असोज ३० गतेभित्र सम्पन्न गर्ने लक्ष्य तोकिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.