बाघको आक्रमणबाट महिलाको मृत्यु
रामेछाप। रामेछापको मन्थली नगरपालिका–९ स्थित पुरानागाँउमा गएराति बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा सोही वडाकी वर्ष ६६ कि गङ्गामाया तामाङ रहेकी छन्। उनको बाघको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख भोलाकुमार भट्टले जानकारी दिए।
उनले महिलाको शव क्षतविक्षत अवस्थामा स्थानीयले फेला पारेपछि आफूहरुलाई खबर गरेको बताए। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment