मुख्यमन्त्री यादवले बुझाए प्रदेश प्रमुखलाई राजीनामा पत्र

डिसी नेपाल
१७ मंसिर २०८२ १६:२१
28
Shares

जनकपुर। मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले राजीनमा पत्र बुझाएका छन्।

उनले केहीबेर अघि मात्र मधेश प्रदेशका प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ समक्ष आफ्नो राजीनामा पत्र बुझाएका हुन्।

उनले सम्मानित सर्वाच्च अदालतको आदेशलाई शिरोधार्य गर्दै राजनीतिक परिस्थितिले देखाएको सन्देशलाई आत्मसाथ गर्दै, नागरिकको भावना र प्रदेशको व्यापक हितलाई ध्यानमा राखदै मुख्यमन्त्री पदबाट राजीनामा दिएको पत्रमा उल्लेख गरेका छन्।

मुख्यमन्त्री यादवले आज प्रदेश सभाको बैठकमा विश्वासको मत लिने भनेकोमा आफ्नौ मनत्व्य राख्दै विश्वासको मत नलिई बैठकबाटै राजीनामा दिएको घोषणा गरेका थिए। उनले मनत्व्य राखिरह्दा ७ राजनितिक दलका सांसदहरु बैठकबाट बाहिरिएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *