राष्ट्रियसभाका अध्यक्षसँग मन्त्री खनाल र सिन्हाको भेट

डिसी नेपाल
१७ मंसिर २०८२ १६:४३

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले आज भेटवार्ता गरेका छन्।

सिंहदरबारस्थित राष्ट्रियसभा अध्यक्षको कार्यकक्षमा दुवै मन्त्रीले अध्यक्षसँग छुट्टाछुट्टै भेट गर्नुभएको उनको सचिवालयले जनाएको छ।

भेटका क्रममा राष्ट्रियसभाको सभाकक्ष निर्माण, निर्वाचन, सरकार र संसद्बीचको समन्वय, सहकार्यलगायत समसामयिक विषयमा कुराकानी भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *