महाधिवेशनमार्फत युवा सहभागिता सुनिश्चित गर्नुपर्छ : सभापति देउवा
काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको महाधिवेशनमार्फत युवा सहभागिता सुनिश्चित गर्नुपर्ने बताएका छन्।
सभापति देउवालाई भेट्न गएका पार्टीका युवा नेताहरूलाई १५औं महाधिवेशनमा पार्टीलाई एकढिक्का बनाउन युवाको भूमिका महत्त्वपूर्ण रहेको बताए।
सभापति देउवाले महाधिवेशनमार्फत केन्द्रीय समितिमा युवाको सहभागिता सुनिश्चित हुने वातावरण निर्माण गर्न आग्रह गरे। सभापति देउवाले पार्टीको महाधिवेशन पुस २६ देखि २८ गतेसम्म तोकिसकेकाले समयमै महाधिवेशन हुने उल्लेख गरे।
सभापति देउवालाई भेट्न नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष एवं संविधानसभा सदस्य रञ्जित कर्ण, नेविसंघका पूर्वउपाध्यक्ष पुष्पकुमार शाही, नवीन राई, नेविसंघका पूर्वमहामन्त्री दीपक भट्टराई, नेविसंघका पूर्वकोषाध्यक्ष शिव रिमाल, कांग्रेसका युवा नेताहरू बद्री अर्याल, दिलीप ढुंगाना पुगेका थिए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment