नेपाल राष्ट्र बैंकद्वारा कर्मचारी माग (सूचनासहित)
काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ। राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै ७६ जना कर्मचारीको लागि खुला प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो।
बैंकले तृतीय श्रेणीको अधिकृतदेखि द्वितीय श्रेणीमा सहायकसम्म दरखास्त आह्वान गरेको छ। जसमा तृतीय श्रेणीमा अर्थशास्त्रतर्फ १ जना, व्यवस्थापक तर्फ एक जना, प्रशासनतर्फ ३९ जना, लेखातर्फ १० जना, वाणिज्य कानुनतर्फ ४ जना सहायक निर्देशक माग गरेको छ।
यस्तै द्वितीय श्रेणीतर्फ २१ जना प्रशासन सहायक माग गरेको छ। इच्छुक नेपाली नागरिकले आजदेखि पुष १० गतेसम्म आवेदन दिन सकिने छन् भने दोब्बर दस्तुर तिरेर पुष १७ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सकिने छ।


No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment