बजार अनुमगनमा विभाग थप सक्रिय
काठमाडौं। बजार अनुगमन तथा निरीक्षणलाई पछिल्ला दिनमा प्रभावकारी बनाइरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं र ललितपुरका आठ उद्योग तथा फर्मलाई कारवाहीको दायरामा ल्याएको छ।
विभागले काठमाडौं महानगरपालिका–१७ नयाँबजारको ओम साइलाई रु १५ हजार जरिवाना गरेको छ। उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५ र दफा ३८ घ बमोेजिमको कसुरमा सोही ऐनको दफा १ क बमोजिम कारवाही गरिएको जनाएको छ।
विभागले पशुपति जिपर हाउस, जेएन माउण्टेन गियर, सजिन एग्रो प्याकेजिङ ईण्डष्ट, शक्ति फुड प्रालि, सुप्रिम ईण्डस्ट्रिज, श्री रत्न रोलिङ मिल्स र बिरा फर्निचरलाई सामान्य निर्देशन दिएको छ। त्यसमध्ये सुप्रिम इण्डस्ट्रिजलाई व्यवसायसँग सम्बन्धित कागजात लिई तीन दिनभित्र विभागमा सम्पर्क राख्न भनिएको छ।
सो ऐनअनुसार आवश्यक कागजात नराखेको पाइएकाले कारवाहीको दायरामा ल्याइएको विभागले जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment